
काठमाडौँ, असोज १४ :
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आज बोलाउनुभएको सर्बदलीय बैठक स्थगित भएको छ।
आज विहान १० बजेको लागि डाकिएको बैठक स्थगित भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
आजै सरकारको तर्फबाट दिउँसो १ बजे कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्बदलीय बैठक डाकेपछि प्रचण्डले बैठक स्थगित गर्नुभएको हो ।
सरकारले बाढीको विपदमा परेकाहरुको राहत र उद्दारका लागि छलफल गर्न सर्वदलीय बैठक डाकेको हो ।