बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
विदेश

मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ माघ, २०८२ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
मेक्सिको सिटी, माघ १२ :

मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको एक फुटबल मैदानमा आइतबार भएको सशस्त्र आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

१० जनाको घटनास्थलमै मृत्यु भएको र अन्य एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । गोली लागेर १२ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको बताइएको छ । मारिनेहरु खेलाडी थिए कि दर्शक भन्ने खुल्न सकेको छैन ।

 शनिबार राति पनि सोही शहरमा मानव अवशेषसहित चारवटा झोला फेला परेको थियो। आक्रमणमा संलग्नहरुको खोजी कार्य भइरहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार