सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश

विपी राजमार्गमा एम्बुलेन्ससमेत चल्न नसक्दा एम्बुलेन्स मै २ जना विरामीको मृत्यु

· आइतबार, १४ असोज, २०८१ मा प्रकाशित
विपी राजमार्गमा एम्बुलेन्ससमेत चल्न नसक्दा एम्बुलेन्स मै २ जना विरामीको मृत्यु
पत्रकार देवराज केसीको फेसबुक वालबाट
काठमाडौँ, असोज १४ :

सिन्धुली- विपी राजमार्गमा एम्बुलेन्स मै २ जना विरामीको मृत्यु भएको छ । बाढीले राजमार्ग बगाएर अबरुद्ध भएपछि काठमाडौँतर्फ बिरामी लिएर आएका फरक फरक एम्बुलेन्समा २ जनाको मृत्यु भएको हो । 

 सिन्धुलीको सुनकोसी गाउँपालिका-१ दुम्जामा रोशी र कोसीमा आएको बाढीका कारण विपी राजमार्ग अवरुद्ध हुँदा  बा २१ च ७५२३ नम्बरको एम्बुलेन्स मार्फत काठमाण्डौँ लैजाँदै गरेको अवस्थामा कमलामाई नगरपालिका ४ मल्लागाउँकी करिव ९५ वर्षकी वृद्धा टीका कुमारी भुजेलको एम्बुलेन्समै मृत्यु भएको छ । 

यस्तै महोत्तरीको बर्दिवासबाट ज १ च १७०८ नम्बरको एम्बुलेन्समार्फत काठमाण्डौँ  आउँदै गरेको एम्बुलेन्समा बर्दिवास नगरपालिका-८ महोत्तरीका करिव ४५ वर्षका मानबहादुर सिंजालीको मृत्यु  एम्बुलेन्समै भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार