मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
खेलकुद फुटबल

एन्फा राष्ट्रिय लिग : मच्छिन्द्रको लगातार चौथो जित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ माघ, २०८२ मा प्रकाशित
एन्फा राष्ट्रिय लिग : मच्छिन्द्रको लगातार चौथो जित
ललितपुर, माघ १४ :

काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार चौथो जित निकालेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चित्लाङ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले लगातार जित निकालेको हो ।

मच्छिन्द्रको जितमा प्रदीप बुढाथोकीले खेलको ३० औं मिनेटमा, जोनाथन जोरिल्लाले ६५ औं मिनेटमा र अलिजोन अलिजोनोभले खेलको ६९ औं मिनेटमा गोल गरेका थिए । चित्लाङका तर्फबाट एकमात्र गोल विज्ञान खड्काले खेलको ७० औं मिनेटमा गरेका थिए ।

त्यसअघि बुधबार नै भएको पहिलो खेलमा जावलाखेल युथ क्लबलाई पराजित गर्दै एपीएफ क्लब शीर्षस्थानमा उक्लिन सफल भयो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले जावलाखेललाई २–१ गोल अन्तरले पराजित गरेको हो । एपीएफको जितमा समीरराज थोकरले २ गोल गरे भने जावलाखेलका धर्बेन्द्र कुँवरले एक गोल फर्काएका थिए । एन्फाको आयोजनामा जारी लिगमा १७ टीमको सहभागीता रहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार