
काठमाडौं, माघ १५ :
काठमाडौंको दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको छ। होटेल उडल्यान्डको माथिल्लो तलामा रहेका ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा बिहान आगो लागेको थियो ।
आगो नियन्त्रणमा लिन नेपाली सेना र काठमाडौँ महानगरपालिकाका दमकल परिचालन गरिएको थियो। आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने अझै खुलिसकेको छैन ।