सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल#नेपाली कांग्रेस#संसदीय समिति गठन गर्न माग#कागेश्वरी मनोहरा नगर अस्पताल#नेपाल आयल निगम#करदाता प्रोत्साहन कार्यक्रम#गौरीशंकर पण्डित#१० लाख रुपैयाँको बम्पर उपहार#‘गेटा विश्वविद्यालय#प्रा#डा सुनिलकुमार जोशी#काठमाडौँले टस जित्यो#जुगल हिमशृङ्खला #परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल#नेपाली कांग्रेस#संसदीय समिति गठन गर्न माग#कागेश्वरी मनोहरा नगर अस्पताल#नेपाल आयल निगम#करदाता प्रोत्साहन कार्यक्रम#गौरीशंकर पण्डित#१० लाख रुपैयाँको बम्पर उपहार#‘गेटा विश्वविद्यालय#प्रा#डा सुनिलकुमार जोशी#काठमाडौँले टस जित्यो#जुगल हिमशृङ्खला
समाचार प्रदेश गण्डकी प्रदेश

कास्कीमा ७७ जनाले बुझाए निजी हातहतियार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २३ माघ, २०८२ मा प्रकाशित
कास्कीमा ७७ जनाले बुझाए निजी हातहतियार
फाइल तस्बिर ।
कास्की, माघ २३ :

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिएसँगै कास्कीका ७७ जना निजी प्रयोजनका लागि राखिएका इजाजत प्राप्त हातहतियार जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् । 

यही माघ २० गतेभित्र इजाजत प्राप्त हातहतियार बुझाउन गरिएको सार्वजनिक सूचनाका आधारमा उक्त सङ्ख्यामा हातहतियार प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

आग्रह गरेको थियो । सूचनाको अवेज्ञा गरी हातहतियार नबुझाएमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो ।

“जेनजी प्रदर्शनका क्रममा लुटिएका हातहतियार पनि अधिकांश फिर्ता भएका छन् । व्यक्तिले अनुमति लिएर राखेका हतियार पनि बुझाइएका छन्”, उनले भने, “निर्वाचन सुरक्षाका दृष्टिले कास्कीमा कुनै किसिमको जोखिम छैन, सुरक्षा व्यवस्था मजबुत छ ।”

हातहतियार बुझाउँदा दिइएको निस्साका आधारमा आगामी चैत २० गतेपछि ती हतियार सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनलाई लक्ष्य गरी जिल्लाको शान्तिसुरक्षालाई चुस्त र प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायले काम गरिरहेका सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए । उनका अनुसार निर्वाचन सुरक्षार्थ कास्कीमा ९५७ जना प्रहरी परिचालन गरिने छ भने दुई हजार ८०० निर्वाचन प्रहरी खटाइने छ ।

एकीकृत सुरक्षा योजनाअनुसार मतदानस्थलको भित्री सुरक्षा घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन हुनेछन् । दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र बाहिरी तहको सुरक्षामा नेपाली सेना परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ । 

तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा १५३ मतदानस्थल रहेका छन् । जिल्लामा गण्डकी प्रदेशकै सबैभन्दा बढी तीन लाख आठ हजार ५७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार