सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार राजनीति

‘सस्तो लोकप्रियताले देश बन्दैन, सोसल मिडियामा गाली आउँछ भनेर चुप नबसौं’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ फागुन, २०८२ मा प्रकाशित
‘सस्तो लोकप्रियताले देश बन्दैन, सोसल मिडियामा गाली आउँछ भनेर चुप नबसौं’
काठमाडौं, फागुन ६ :

काठमाडौं निर्वाचन क्षेत्र नम्बर- ४ का कांग्रेस उम्मेदवार सचिन तिमल्सिनाले सस्तो लोकप्रियताले देश नबन्ने दाबी गरेका छन् । बुधबार आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले  सोसल मिडियामा गाली आउँछ भनेर बौद्धिक समुदायलाई मौन नबस्न पनि आग्रह गरे ।

उनले नेपाली कांग्रेसले युवाहरूलाई अवसर दिएको र आफू पनि स्पष्ट वैचारिक र आर्थिक योजनासहित चुनावी मैदानमा उत्रिएको बताए । तिमल्सिनाले गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरूको विचार र कांग्रेसको लेगेसीले आफूलाई यो आँट दिएको बताए ।

काठमाडौं क्षेत्र नं. ४ ले विगतमा देशकै अब्बल नीति निर्माता दिएको चर्चा गर्दै उनले आफू पनि अब्बल सांसद बनेर देखाउने  बताए । कांग्रेस सभापति गगनकुमार थापाले विगतमा जित्दै आएको यो क्षेत्रलाई छाडेर अहिले सर्लाही -४ बाट उम्मेदवार बनेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार