
खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताउनुभएको छ ।
सोमबार मन्त्रालयमा मेलम्ची बाढीपहिरो प्रभावित क्षेत्रका जनप्रतिनिधि, सङ्घर्ष समितिका प्रतिनिधि, सङ्घीय सरकारका विषयगत मन्त्रालयका प्रतिनिधिसँगको छलफलमा मन्त्री यादवले मेलम्चीका बाढी, पहिरोपीडितका मागहरूको सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताउनुभयो ।
मन्त्री यादवले सङ्घर्ष समितिका जायज मागप्रति हामी चिन्तित रहेको भन्दै मागहरूको सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताउनुभएको हो।
खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेको एक हप्तादेखि आफूले मेलम्ची पीडितका विषयमा जानकारी लिइ यस विषयलाई गम्भीरताका साथ लिएको उहाँले जानकारी गराउनुभयो ।
मन्त्री यादवले मेलम्चीका बाढीपीडितका समस्या समाधान गर्ने विषयमा आफूले अनौपचारिक रुपमा मन्त्रिपरिषद्मा कुरा उठाएको र प्रधानमन्त्री, गृहमन्त्रीसँग पनि छलफल गरिरहेको बताउनुभयो ।
उहाँले मेलम्ची पीडितका मुद्दाप्रति मन्त्रालय सकारात्मक रहेको भन्दै छलफल र समन्वय मार्फत समस्या समाधान गर्ने विश्वास दिलाउनुभयो ।