
काठमाण्डौँ , असोज १६ :
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दैछ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बिहान ११ः०० बजे सचिवालय बैठक बस्न लागिएको जानकारी दिनुभयो ।
उहाँले बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुने बताउनुभयो ।