आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
राजनीति प्रदेश बागमती प्रदेश

प्रचण्डको दाबी : जनताको घरघरमा पुगेर सम्झाउन सके नेकपा पहिलो पार्टी बन्छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १५ फागुन, २०८२ मा प्रकाशित
प्रचण्डको दाबी : जनताको घरघरमा पुगेर सम्झाउन सके नेकपा पहिलो पार्टी बन्छ
नुवाकोट, फागुन १५ :

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति जनताको विश्वास र भरोसा बढ्दै गएको बताएका छन् ।

नेकपा नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आज आयोजित कार्यक्रममा उनले पछिल्लो समय नेकपा आक्रामक रूपमा अगाडि बढिरहेकाले यस पार्टीप्रति जनताको विश्वास र भरोसा बढ्दै गएको बताएका हुन् । “पुरानो दुई दल कांग्रेस र एमाले रक्षात्मक अवस्थामा पुग्दा नेकपाप्रति जनताको विश्वास बढ्दै गएको छ”, उनले भने ।

पूर्वप्रधानमन्त्री दाहालले नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले मात्र मुलुकको स्वाधिनताको रक्षा र जनहितको पक्षमा काम गर्नसक्ने बताए । उनले अबको पाँच दिन जनताको घरघरमा पुगेर सम्झाउन सके नेकपा मुलुककै पहिलो राजनीतिक दल बन्ने दाबी गरे।

“नेपाली कम्युनिष्ट पार्टीमात्रै त्यस्तो पार्टी बनेको छ, जुन महाअभियानका रूपमा निर्वाचनमा अगाडि बढेको छ र उभारका रूपमा देखापरेको छ, अन्य पुराना पार्टीहरू रक्षात्मक छन् । हामीमात्रै आक्रामक ढङ्गले अगाडि बढेका छौँ”, पूर्वप्रधानमन्त्री दाहालले भने।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट नुवाकोट क्षेत्र नं १ मा पूर्वमन्त्री हितबहादुर तामाङ र क्षेत्र नं २ मा हिरानाथ खतिवडा उम्मेदवार छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार