धादिङ, असोज १६ :

 आज विहानदेखि अबरुद्ध नागढुंगा-नौविसे सडकखण्ड संचालन भएको छ । 

पहिरो पन्छाउने काम सकिएपछि अहिले केहीबेर अघिदेखि गाडीहरु चल्न थालेका छन । 

दिनभर गाडी नचल्दा यात्रुहरुले निकै सास्ती भोग्नुपरेको थियो ।

अहिले पनि लामो लाइन सडकमा देख्न सकिन्छ ।

यो ट्राफिक व्यवस्थापन गर्न आज राति अबेरसम्म लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।