काठमाण्डौँ , असोज १७ :

काठमाडौँ- नौबिसे- दामन- हेटौँडा सडक सुचारु भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार काठमाडौँ- मुग्लिङ- चितवन सडकखण्ड खुलेपनि अत्यधिक जाम रहेको छ ।

चितवन- दाउन्ने- बुटवल सडक खुला गराए पनि राति १० देखि बिहान ५ बजेसम्म बन्द हुने प्रहरीले जनाएको छ ।

हालसम्म खुलाइएको सडकखण्डहरुमध्ये मुग्लिन- पोखरा- बाग्लुङ सडक, हेटौँडा-  पथलैया- जनकपुर सडक, बर्दिबास- कोशी ब्यारेज- इटहरी सडक, इटहरी- दमक- काँकडभित्ता सडक खुला भएको छ ।

यसैगरी, बुटवल- नेपालगञ्ज- धनगढी, नेपालगञ्ज- सुर्खेत- दैलेख, नेपालगञ्ज- चिसापानी- धनगढी र काठमाडौँ- सिन्धुपाल्चोक- दोलखा सडकखण्ड खुला भएको छ ।

अझै अवरुद्ध सडक
सिन्धुलीको नेपालथोक र काभ्रेको भकुन्डेबेँसीमा पहिरोका कारण काठमाडौँ- धुलिखेल- सिन्धुली सडकखण्ड अवरुद्ध छ ।

टीका भैरवमा गएको पहिरोका कारण ललितपुर- हेटौँडा सडक, भोटेकोशीमा पहिरोका कारण बाह्रबिसे- तातोपानी सडक र छैमलेमा पहिरोका कारण काठमाडौँ- बल्खु- सिस्नेरी सडक पनि अवरुद्ध छ ।

प्रहरीले यात्रामा निस्कनु अघि ११४९, १०३, १०० मा सम्पर्क गरेर सडकको अवस्था बुझ्न आग्रह गरेको छ ।