
काठमाडौं, फागुन २९ :
नेपालले इरानका नागरिकलाई अन अराइभल भिसा बन्द गरेको छ। नेपाल भ्रमण गर्न चाहने इरानी नागरिकले अब नेपाली दूतावासबाट भिसा लिनुपर्ने छ। सरकारी वा कूटनीतिक राहदानी बाहेकलाई भने यो लागू हुने छैन ।
नेपालले यसअघि अफगानिस्तान र सिरियालाई पनि रोक लगाएको हुँदा योसँगै अनअराइभल भिसा बन्द गरिएका मुलुकको संख्या १३ पुगेको छ । अध्यागमन विभागका अनुसार सरकारी र कूटनीतिक राहदानी बाहेक इरानी नागरिकले विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएरमात्र नेपाल आउन पाउने छन् ।