काठमाण्डौँ , असोज १७ :

स्याङ्जाको वालिङ नगरपालिका- १४ र भीरकोट नगरपालिका- ९ स्थित अँधेरी खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई सहज भएको छ । 

बिएलटी कन्ट्रक्सन प्रालि कोहलपुर बाँकेले ७९ लाखमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । 

पुलः निर्माण समितिका अध्यक्ष टेकबहादुर दर्लामीले एक सय ५२ मिटर लामो उक्त पुल खोलाबाट दुई हजार ८० मिटर उचाइमा निर्माण भएको जानकारी दिनुभयो। 

वि.सं २०८० असोज ५ गते उद्‌घाटन भएको पुल सर्वसाधारणका लागि खुल्ला गरिएसँगै दुई घण्टाको बाटो आधा घण्टामा छोटिएको उहाँले बताउनुभयो । 

पुल नहुँदा स्थानीय दुई घण्टाको लामो वैकल्पिक बाटो हिँड्न बाध्य थिए । पुल बनेपछि भने लामो बाटो आधा घण्टामा छोटिएको अध्यक्ष दर्लामीले जानकारी दिनुभयो ।