
काठमाण्डौं, असोज १७ :
संसदीय सुनुवाइ समितिले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
उहाँले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै राष्ट्रहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यादवको समितिले बुधबार नै सुनुवाइ गरेको हो ।
सुनुवाइ सकिएपछि समितिले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।