ललितपुर, चैत १० :

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी,सदस्य एवम् प्रदेश सभापतिहरूको उपस्थिति हुने बताईएको छ । आजको बैठकमा सभापति गगन थापा पनि सहभागी हुने बताइएको छ ।

यसअघि सभापति थापाले दिएको राजीनामा शुक्रबार र आइतबार बसेको केन्द्रीय समितिको बैठकले अस्वीकृत गरेपछि आजको बैठकमा सभापति थापा बैठकमा सहभागी हुन लागेका हुन् ।

बैठकमा समय अभावका कारण नेपाली काँग्रेसले वैशाखमा गर्ने भनेको नियमित महाधिवेशन असोजमा गर्ने तयारीबारे छलफल हुने बताईएको छ ।