
काठमाण्डौँ , असोज १९ :
सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक आज बस्दै छ ।
बिहान ११ बजे बस्ने बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यही असोज ११ र १२ गतेको अविरल वर्षाको कारण राष्ट्रिय राजमार्गहरूमा परेका असरका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत सोही अविरल वर्षाको कारण जलविद्युत आयोजनाहरूमा परेका असर तथा कुलेखानी जलविद्युत आयोजनाको ड्यामबाट परेको असर र क्षतिका विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।