
प्रतीकात्मक तस्बिर ।
कपिलवस्तुमा सुरक्षाकर्मीको गोली लागेर मृ*त्यु भएका अरुण यादवको परिवारले राहत र क्षतिपूर्ति माग गरेका छन्। महाराजगन्ज नगरपालिका २, बरगदामा कालीमाई मन्दिर तोडफोडको विषयलाई लिएर दुई समुदायबीच भएको विवादका क्रममा सुरक्षाकर्मीको गोली लागेर यावदको मृत्यु भएको थियो ।
घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई न्यायोचित क्षतिपूर्ति दिन सांसद तथा स्थानीय नेताहरूले जोड दिएका छन्।
गत चैत ७ गते गोली लागेका यादवको उपचारका क्रममा सोमबार मृत्यु भएको थियो ।
संघीय सांसद अभिषेकप्रताप साह, लुम्बिनी प्रदेशसभा सदस्य नवराज लामिछाने र राष्ट्रिय सभाका पूर्वसदस्य सदस्य दृगनारायण पाण्डेलेले घटनाको निष्पक्ष र विश्वासिलो छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन माग गरेका छन् ।साथै उनीहरुले विज्ञप्ति निकाली मृतकलाई सहिद घोषणा गरी राज्यका तर्फबाट सम्मान प्रकट गर्न र पीडित परिवारलाई न्यायोचित क्षतिपूर्ति दिन माग गरेका छन् ।
उनको शव तौलिहवास्थित कपिलवस्तु अस्पतालमा राखिएको छ । आफूहरूको माग पूरा नगरेको भन्दै शव नउठाएको मृतकका हजुरबुबा नन्दलाल यादवले बताए । घटनामा अन्य तीन जना घाइते भएका थिए ।