मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार

सार्वजनिक यातायातको भाडादर समायोजन, कति प्रतिशत बढ्यो ?

१६.७१ प्रतिशतसम्म सार्वजनिक यातायातको भाडा वृद्धि
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ चैत, २०८२ मा प्रकाशित
सार्वजनिक यातायातको भाडादर समायोजन, कति प्रतिशत बढ्यो ?
फाइल तस्बिर ।
काठमाडौं, चैत २५ :

सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडादर समायोजन गरेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई कारण देखाउँदै मन्त्रालयले दिएको सहमति अनुसार  यातायात व्यवस्था विभागले  १६.७१ प्रतिशतसम्म वृद्धि गरेको छ।

जसअनुसार पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराईमा १५.७५ प्रतिशतले बढाइएको छ । विभागले आफ्नो आधिकारिक वेबसाइटमार्फत नयाँ भाडादरको विस्तृत विवरण सार्वजनिक गरेको छ ।  नयाँ भाडादर कार्यान्वयनमा आए सर्वसाधारणको दैनिक यात्रा र उपभोग्य वस्तुको मूल्यमा समेत प्रभाव पर्ने देखिन्छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गर्ने तयारी हुँदा मालवाहक सवारी साधनको भाडामा पनि उल्लेख्य वृद्धि गरिएको छ ।  

पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भइरहेको जनाउँदै यातायात व्यवसायीहरूले लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार