सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल#नेपाली कांग्रेस#संसदीय समिति गठन गर्न माग#कागेश्वरी मनोहरा नगर अस्पताल#नेपाल आयल निगम #प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल#नेपाली कांग्रेस#संसदीय समिति गठन गर्न माग#कागेश्वरी मनोहरा नगर अस्पताल#नेपाल आयल निगम
समाचार राजनीति

कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा

सक्रिय न्युज · बिहीबार, २६ चैत, २०८२ मा प्रकाशित
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
धनुषा, चैत २६ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बताएका छन् ।

जनकपुरधाममा आयोजित कांग्रेसको मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा उहाँले पार्टीभित्र शुद्धिकरण अभियान सञ्चालन गरिने र कम सङ्ख्यामा भए पनि जिम्मेवार कार्यकर्ताको बलमा सङ्गठन सुदृढ बनाइने बताए ।

सभापति थापाले भने, “अब सङ्ख्या वा क्रियाशील सदस्यको भीड होइन, निष्ठावान् कार्यकर्ताको आवश्यकता छ । पार्टीले सोहीअनुसार नीति बनाएर अगाडि बढ्छ ।”

उनले वैशाख १ गतेदेखि क्रियाशील सदस्यताको अध्यावधिक प्रक्रिया सुरु गरिने जानकारी दिँदै त्यसपछि देशव्यापी रूपमा शुद्धिकरण अभियान अघि बढाइने उल्लेख गरे । समस्याको बेला पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए पनि सङ्गठन थप चलायमान हुने सभापति थापाको भनाइ थियो ।

उनले भने, “पार्टीलाई एकताबद्ध, अनुशासित र नीति–सिद्धान्तमा आधारित बनाउँदै देशभर नयाँ ऊर्जा सिर्जना गरिने छ । कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ ।”

सभापति थापाले प्रतिनिधिसभा निर्वाचनको परिणामबारे समीक्षा आवश्यक रहेको उल्लेख गर्दै वर्तमान अवस्था कांग्रेसको इतिहासमै चुनौतीपूर्ण रहेको र यसबाट सिक्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले १५औँ महाधिवेशन सफल बनाउने जिम्मेवारी आफूले लिने पनि बताए ।

सहमहामन्त्री फरमुल्ला मन्सुरको अध्यक्षता भएको कार्यक्रममा मधेस प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवले कार्यकर्तालाई निराश नहुन आग्रह गरे ।

कार्यक्रममा उपसभापति पुष्पा भुसाल, महामन्त्री गुरुराज घिमिरे, सहमहामन्त्रीहरू डिला सङ्ग्रौला, मुक्ता यादवलगायत प्रदेशका आठै जिल्लाका प्रतिनिधि नेता तथा कार्यकर्ताको सहभागितामा रहेको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार