बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
मनाेरञ्जन

भारतीय सुप्रसिद्ध गायिका आशा भोसलेको निधन

भोसलेले गाएको असंख्य गीतहरु अविस्मरणीय रहेका छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ चैत, २०८२ मा प्रकाशित
भारतीय सुप्रसिद्ध गायिका आशा भोसलेको निधन
काठमाडौं, चैत २९ :

भारतीय सुप्रसिद्ध गायिका आशा भोसलेको निधन भएको छ ।  चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरेका छन् ।

९२ वर्षकी भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी पछिल्लो समयसम्म पनि गायन क्षेत्रमा सक्रिय रहँदै आएकी थिइन् ।

भारतीय संगीत उद्योगकी एक प्रतिष्ठित व्यक्तित्वका रूपमा चिनिने आशा भोसलेले पार्श्व गायनमा असंख्य अविस्मरणीय गीतहरू गाएकी छन्। ‘नये दौर’ देखि ‘तीसरी मंजिल’, ‘हरे रामा हरे कृष्ण’ देखि ‘उमराव जान’ र ‘इजाजत’ हुँदै ‘रंगीला’सम्म उनका गीतहरूले समय, पुस्ता र परिवेशलाई पार गर्दै श्रोताको मन जितिरहे। शरीर नभए पनि उनको स्वर भने सदैव अमर रहिरहनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार