सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल#नेपाली कांग्रेस#संसदीय समिति गठन गर्न माग#कागेश्वरी मनोहरा नगर अस्पताल#नेपाल आयल निगम#करदाता प्रोत्साहन कार्यक्रम#गौरीशंकर पण्डित#१० लाख रुपैयाँको बम्पर उपहार #काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल#नेपाली कांग्रेस#संसदीय समिति गठन गर्न माग#कागेश्वरी मनोहरा नगर अस्पताल#नेपाल आयल निगम#करदाता प्रोत्साहन कार्यक्रम#गौरीशंकर पण्डित#१० लाख रुपैयाँको बम्पर उपहार
समाचार राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

सक्रिय न्युज · सोमबार, ७ वैशाख, २०८३ मा प्रकाशित
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं, वैशाख ७ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज केन्द्रीय समिति बैठक बस्दैछ ।

आजको बैठकमा छलफल गरिने नौबुँदे प्रस्ताव हिजो नै पार्टीले सार्वजनिक गरिसकेको छ । पार्टी कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनात्मक, नीतिगत तथा विधानसम्बन्धी महत्वपूर्ण विषयहरूमा छलफल हुने प्रवक्ता मनिष झाले बताएका छन्  । बैठकको सुरुवात पार्टी गतिविधिबारे विस्तृत व्रिफिङबाट हुने कार्यसूचीमा बनाइएको छ । केन्द्रीय सदस्यहरूको रिपोर्टिङमा २० जनाले दुई–दुई मिनेट बोल्न पाउने भनिएको छ ।

बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयनको विषय पनि प्रमुख एजेन्डाका रहेको रास्वपाले जनाएको छ ।

आगामी महाधिवेशनलाई लक्षित गर्दै कार्यविधि मस्यौदामाथि छलफल गरिने र पार्टी विधान संशोधनसम्बन्धी विषयमा पनि निर्णय लिइने तयारी छ ।

स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै उम्मेदवार क्लब गठन तथा आवेदन आह्वानसम्बन्धी प्रस्ताव पनि कार्यसूचीमा छ । त्यस्तै विदेशमा रहेका नेपालीलाई प्रवासबाटै मताधिकार दिने विषयमा पनि छलफल हुने जनाइएको छ ।

बैठकले सचिवालयका निर्णय अनुमोदन गर्नेछ भने विविधअन्तर्गत विभिन्न आयोग, निकाय तथा पदाधिकारीबाट प्राप्त पत्राचारमाथि छलफल हुनेछ ।

साथै विषयगत विभागका योजना तयारी र नीति मन्थनका लागि निर्देशन दिने र संसदीय दलको विधान संशोधनसम्बन्धी विषयमा समेत निर्णय लिइने कार्यसूचीमा उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार