मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

पार्टी एकताका लागि सभापति गगन थापाको पहल

खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने कांग्रेसको तयारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ७ वैशाख, २०८३ मा प्रकाशित
पार्टी एकताका लागि सभापति गगन थापाको पहल
काठमाडौं, वैशाख ७ :

सर्वोच्च अदालतले कांग्रेस विवादको कानुनी रुपमा टुंगो लगाएसँगै पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ । विशेष महाधिवेशनलाई मान्यता दिने फैसला भएसँगै खड्कालाई सोधिएको  सातदिने स्पष्टीकरण फिर्ता लिने तयारी भएको स्रोतले बताएको छ ।

सर्वोच्चले केही दिन अघि पूर्वसभापति शेरबहादुर देउवा र खडकाले दायर गरेको रिट खारेज गर्नुको साथै विशेष महाधिवेशनलाई मान्यता दिने फैसला गरेको थियो ।

खड्काले कार्यवाहक सभापतिको हैशियत प्रयोग गरेर पार्टीको 'लेडर हेड’ दुरुपयोग गरे समानान्तर गतिविधि चलाएको भन्दै गत बुधबार स्पष्टीकरण सोधिएको थियो ।

अदालतको फैसलापछि उनको कार्यवाहक सभापतिको हैसियत समाप्त भएको छ । उनले आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा पनि  पूर्वकार्यवाहक सभापति भनेर राखेका छन्।

यसैबीच सभापति गगन थापाले पार्टी एकताका लागि खड्कासँग संवाद गरेका छन् । आइतबार राति करिब एक घण्टा दुई नेताबीच संवाद भएको थियो ।

थापाले पार्टी एकताका लागि पार्टीका शिर्ष नेताहरुसँग पहल गर्न सुरु गरेका हुन्। 'पार्टीको बृहत्तर एकताका लागि सिनियर नेताहरुसंग सवाद सुरु गरेको छु’ भेटपछि थापाको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार