मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

सभापतिसँग एकताको ठोस प्रस्ताव मागेका खड्काले बोलाए आफू पक्षीय नेताको भेला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ९ वैशाख, २०८३ मा प्रकाशित
सभापतिसँग एकताको ठोस प्रस्ताव मागेका खड्काले बोलाए आफू पक्षीय नेताको भेला
काठमाडौं, वैशाख ९ :

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू पक्षीय नेताहरूको भेला बोलाएका छन्। वैशाख १५ गते महाराजगन्जस्थित स्मार्ट होटलमा बस्ने गरी निवर्तमान केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सभापतिको संयुक्त भेला बोलाएका हुन् । बैठकमा खड्का समूहले आन्तरिकण रणनीति बनाउने बुझिएको छ।
सभापति गगन थापासँग दोस्रो चरणको छलफल नहुँदै खड्काले आफू पक्षीय नेताहरूको भेला बोलाएका हुन्। सभापति थापाले वैशाख ६ गते  खड्कासँग निवासमै पुगेर भेटवार्ता गरेका थिए।  त्यस बखत सभापति थापासँग एकताका लागि ठोस प्रस्ताव ल्याउन खड्काले आग्रह गरेका थिए। 

सर्वोच्च अदालतले वैशाख ४ मा गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिएपछि देउवा पक्ष मानिएका खड्का अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउँनै व्यस्त रहँदै आएका थिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार