
काठमाडौं, वैशाख ९ :
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू पक्षीय नेताहरूको भेला बोलाएका छन्। वैशाख १५ गते महाराजगन्जस्थित स्मार्ट होटलमा बस्ने गरी निवर्तमान केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सभापतिको संयुक्त भेला बोलाएका हुन् । बैठकमा खड्का समूहले आन्तरिकण रणनीति बनाउने बुझिएको छ।
सभापति गगन थापासँग दोस्रो चरणको छलफल नहुँदै खड्काले आफू पक्षीय नेताहरूको भेला बोलाएका हुन्। सभापति थापाले वैशाख ६ गते खड्कासँग निवासमै पुगेर भेटवार्ता गरेका थिए। त्यस बखत सभापति थापासँग एकताका लागि ठोस प्रस्ताव ल्याउन खड्काले आग्रह गरेका थिए।
सर्वोच्च अदालतले वैशाख ४ मा गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिएपछि देउवा पक्ष मानिएका खड्का अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउँनै व्यस्त रहँदै आएका थिए।