
विश्वविद्यालय तथा क्याम्पसमा दलीय विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध कानुनका विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) तथा संयुक्त विद्यार्थी संगठनको अगुवाइमा विद्यार्थीहरूले प्रदर्शनीमार्ग क्षेत्रमा मार्चपास गर्दै सरकारको निर्णयप्रति विरोध जनाएका हुन्।
प्रदर्शनकारीहरूले विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने कदमलाई अधिनायकवादी भन्दै त्यसको कडा विरोध गरेका छन्। उनीहरूले संविधानले प्रत्याभूत गरेको संगठनको अधिकार सुरक्षित गर्न सरकारसँग मागसमेत गरेका छन्।
सरकारले हालै विश्वविद्यालय तथा क्याम्पसमा दलीय आबद्ध विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सोही निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालयका उपकुलपतिहरूलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाइएको छ।