आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार

थापाथलीस्थित सुकुम्बासी बस्ती आसपास सीसीटीभी जडान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ११ वैशाख, २०८३ मा प्रकाशित
थापाथलीस्थित सुकुम्बासी बस्ती आसपास सीसीटीभी जडान
काठमाडौं, वैशाख ११ :

थापाथलीस्थित सुकुम्बासी बस्ती आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै प्रहरीले सीसीटीभी क्यामेरा जडान सुरु गरेको छ। बस्ती नजिकका सडक किनारमा रहेका बिजुलीका पोलहरूमा क्यामेरा जडान गरिएको छ।

प्रहरी परिसर काठमाडौंका अनुसार सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै निगरानी बढाइएको छ। सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती भोलि र पर्सीमा खाली गराउँने तयारी गरिरहेको छ।

बस्ती हटाउने क्रममा हुन सक्ने विरोध, झडप तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा समग्र सुरक्षा अवस्था सुदृढ बनाउन सीसीटीभी जडान गरिएको बताइएको छ। प्रहरीले आवश्यक सुरक्षा योजना लागू गर्दै संवेदनशील क्षेत्रमा निगरानी बढाएको  छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार