मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार प्रदेश बागमती प्रदेश

श्रम तथा रोजगार सेवा डिजिटल बनाउँदै गोकर्णेश्वर, ‘श्रम संसार’मा दर्ता गर्न आह्वान

वैशाख मसान्तभित्र अनिवार्य रूपमा उक्त प्रणालीमा आबद्ध भइसक्नुपर्ने छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ११ वैशाख, २०८३ मा प्रकाशित
श्रम तथा रोजगार सेवा डिजिटल बनाउँदै गोकर्णेश्वर, ‘श्रम संसार’मा दर्ता गर्न आह्वान
काठमाडौं, वैशाख ११ :

गोकर्णेश्वर नगरपालिकाले श्रम तथा रोजगारसम्बन्धी सेवाहरूलाई डिजिटल माध्यमबाट एकीकृत रूपमा प्रवाह गर्ने उद्देश्यले ‘श्रम संसार ’ प्रणालीमा अनिवार्य रूपमा आबद्ध हुन सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीद्वारा शुक्रबार जारी सूचनामा गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र रहेका सबै निजी क्षेत्रका रोजगारदाता, रोजगार एजेन्सी, तालिम प्रदायक संस्था तथा रोजगार खोज्ने व्यक्तिहरूले मिति २०८३/०१/३१ (वैशाख मसान्त) भित्र अनिवार्य रूपमा उक्त प्रणालीमा आबद्ध भइसक्नुपर्ने उल्लेख गरिएको छ। साथै, श्रम तथा रोजगारसम्बन्धी सम्पूर्ण सूचना तथा अवसरहरू सोही प्रणालीमार्फत प्रसारण गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको च. नं. ५५, मिति २०८२/०१/०४ को पत्रका आधारमा नेपाल सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन ‘श्रम संसार’ नामक एकद्वार प्रणाली सञ्चालनमा ल्याएको हो। यस प्रणालीमार्फत श्रम तथा रोजगारसँग सम्बन्धित सेवा, सूचना, रोजगारीका अवसर तथा तालिमसम्बन्धी जानकारी उपलब्ध गराइनेछ।

श्रम संसार प्रणालीमा आवद्ध हुन इच्छुकहरूले यसको आधिकारिक वेबसाइट www.shramsansar.gov.np मार्फत वा मोबाइलको प्ले स्टोर तथा एप स्टोरबाट एप डाउनलोड गरी दर्ता गर्न सक्नेछन्।

यस विषयमा थप जानकारी वा सहजीकरण आवश्यक परेमा गोकर्णेश्वर नगरपालिकाको रोजगार सेवा केन्द्र वा प्रशासन शाखामा सम्पर्क गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार