आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार

भत्काइएका सुकुम्बासी बस्तीमा वर्षाले बिजोग : खुला आकाशमुनि विस्थापित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १३ वैशाख, २०८३ मा प्रकाशित
भत्काइएका सुकुम्बासी बस्तीमा वर्षाले बिजोग : खुला आकाशमुनि विस्थापित
तस्बिर सामाजिक सञ्जाल
काठमाडौं, वैशाख १३ :

वर्षासँगै  विभिन्न स्थानमा भत्काइएका सुकुम्बासी बस्तीका बासिन्दा थप समस्यामा परेका छन्। सरकारी निकायले बस्तीमा डोजर चलाएर घर भत्काएपछि खुला आकाशमुनि बस्न बाध्य भएका उनीहरू वर्षाका कारण झन् कष्टकर अवस्थाबाट गुज्रिरहेका छन्।

घर भत्काइएपछि बाहिर निकालिएका लत्ताकपडा, खाद्यान्न र दैनिक उपभोगका सामग्री वर्षाले भिजेका छन्। कतिपयले त्रिपाल र प्लास्टिकको सहारामा सामान जोगाउने प्रयास गरिरहेका छन् भने धेरैजसो परिवार पानीमै भिज्दै आफ्ना सामान कुरेर बस्न बाध्य छन्।

सरकारले शनिबार थापाथली र गैरीगाउँस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएको थियो। त्यसको भोलिपल्ट आइतबार मनोहरा नदी किनारको बस्ती पनि हटाइएको हो। लगातारको वर्षाले विस्थापित परिवारहरूको दैनिकी थप कठिन बनेको देखिन्छ।

बस्ती हटाइएपछि वैकल्पिक व्यवस्थाबारे स्पष्ट योजना नआएको भन्दै प्रभावितहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले तत्काल बसोबासको उचित व्यवस्था र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार