राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले ‘सहकारी पहिलो संशोधन अध्यादेश २०८३’ लाई शुक्रबार प्रमाणीकरण गरेका हुन्।
सरकारले पेस गरेका विभिन्न अध्यादेशहरु मध्ये उनले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन् । सरकारले राष्ट्रपति समक्ष ६ वटा विभिन्न अध्यादेश पठाएपनि अहिले एउटा मात्रै प्रमाणीकरण गरेका हुन्।
अन्य अध्यादेश प्रमाणीकरण गर्ने या नगर्ने भन्नेबारेमा कानुनविद्हरुसँग छलफलकै क्रममा रहेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।