
काठमाण्डौँ , असोज २२ :
हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरू मनाङको थोरङ हिमचुली क्षेत्र पुगेका छन् ।
एकेडेमीका सातौँ ‘सेमेस्टर’ का १६ विद्यार्थीले छ हजार एक सय मिटर अग्लो थोरङ हिमचुली समेत आरोहण गरेका छन् ।
उनीहरूले यही असोज १७ गते बिहीबारका दिन थोरङ हिमचुली आरोहण गरेको एकेडेमीबाट खटिइ जानुभएका प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक पेम्बाओङचु शेर्पाले जानकारी दिनुभयो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत सञ्चालित नेपाल माउण्टेन एकेडेमीको स्नातक तह (बिएमएस) मा अध्ययनरत विद्यार्थीहरू प्रयोगात्मक अध्ययनका लागि त्यहाँ पुगेका हुन्।