मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

कांग्रेसद्वारा ५ भ्रातृ संस्थाको कार्यसमिति विघटन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २२ वैशाख, २०८३ मा प्रकाशित
कांग्रेसद्वारा ५ भ्रातृ संस्थाको कार्यसमिति विघटन
काठमाडौं, वैशाख २२ :

 नेपाली कांग्रेसले पाँचवटा भ्रातृ संस्थाको कार्यसमिति विघटन गरेको छ।  केन्द्रीय कार्यसम्पादन समिति बैठकले १३ वटा भ्रातृ संस्थामध्ये पाँच वटाको कार्यसमिति विघटन गरेको हो। नेविसंघ, तरुण दल, महिला संघ, लोकतान्त्रिक खेलकुद संघ र दलित संघको तदर्थ समितिले साढे तीन वर्षसम्म  महाधिवेशन गर्न असफल भएपछि विघठित गरिएको छ। 

कार्यतालिका प्रस्तुत गरेका संघहरूको हकमा कार्यतालिकामा तोकिएको समयसम्म महाधिवेशन गर्नेगरी समयावधि थप गर्ने निर्णय गरिएको छ। नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ र नेपाल दलित संघका केन्द्रीय अध्यक्ष लोकबहादुर विश्वकर्माले राजीनामा समेत दिइसकेकाले दुवै भ्रातृ संघका केन्द्रीय समितिहरू स्वतः विघटन भएको कांग्रेसले जनाएको छ।

लामो समयसम्म अधिवेशन नभएपछि २०७८ फागुनमा १० वटा भ्रातृ संस्थाको कार्यसमिति विघटन गरी तदर्थ समिति बनाइएको थियो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार