शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

संवैधानिक परिषद् अध्यादेशप्रति कांग्रेसको आपत्ति: राज्यका निकायलाई नियन्त्रण गर्न खोजियो

व्यवस्थापन नगरी सुकुम्वासी बस्ती भत्काएकोमा विरोध
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २२ वैशाख, २०८३ मा प्रकाशित
संवैधानिक परिषद् अध्यादेशप्रति कांग्रेसको आपत्ति: राज्यका निकायलाई नियन्त्रण गर्न खोजियो
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे ।
ललितपुर, वैशाख २२ :

नेपाली कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा राख्ने ढंगबाट सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस संसद् समन्वय बोर्डको बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत राज्यका निकायलाई नियन्त्रण गर्ने प्रयास गरिएकाले गम्भीर आपत्ति रहेको बताए । सरकारले सिफारिस गरेको अध्यादेश जारी भइसकेपछि संसद अधिवेशन आह्वान गर्नुले पनि सरकारको बदनीयत स्पष्ट देखिएको उनले बताए ।

 अध्यादेश लगाएतका विषयमा कांग्रेसले सशक्त रुपमा अन्य विपक्षीहरुलाई समेत साथमा लिएर सदनमा आवाज उठाउने उनले उल्लेख गरे । उनले सरकारको क्रियाकलापले मुलुकलाई ठिक ठाउँमा लगेको जस्तो अनुभूति नभएको धारणा समेत राखे । त्यस्तै आङदेम्बेले व्यवस्थापनका विषयलाई ख्यालै नगरी सुकुम्वासीको बस्ती भत्काउने काममा समेत कांग्रेसको विरोध रहेको बताए । राज्य आतंक मचाउने ढङ्गबाट प्रस्तुत भएकाले यसको पनि विरोध गरिएको उनको भनाइ छ ।

कांग्रेसद्वारा ५ भ्रातृ संस्थाको कार्यसमिति विघटन

कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद समन्वय बोर्डको प्रथम बैठकमा पार्टीले यसअघि गरेका निर्णयहरुका विषयमा समेत छलफल भएको आङदेम्बेले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार