मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

जनताको करबाट सेवा सुविधा प्राप्त गर्नेले नागरिकको सेवा गर्नु परम कर्तव्य : सञ्चारमन्त्री तिमिल्सिना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २४ वैशाख, २०८३ मा प्रकाशित
जनताको करबाट सेवा सुविधा प्राप्त गर्नेले नागरिकको सेवा गर्नु परम कर्तव्य : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं, वैशाख २४ :

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको करबाट सेवा सुविधा प्राप्त गर्नेले जनताको सेवा गर्नु परम कर्तव्य हुने बताएका छन् ।

गोरखापत्र प्रकाशनको १२६ औँ वर्ष प्रवेशका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री तिमिल्सिनाले नागरिकले तिरेको करबाट तलब लिने र सरकारी अनुदानबाट सञ्चालन हुने संस्थाले  नागरिकको हितमा काम गर्नु प्रमुख दायित्व भएको बताएका हुन् ।

सरकार भनेको कुनै व्यक्ति नभइ नागरिक नै भएकाले नागरिकको हितमा काम गरेको छ कि छैन भनेर सोचेर अगाडि बढ्नुपर्ने समय आएको उनले बताए ।

उनले सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको बढ्दो प्रभावसँगै सञ्चारमाध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा समेत जोड दिए ।

सरकारी संस्थानहरुलाई समयानुकूल ढङ्गले थप व्यावसायिक र जिम्मेवार बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

मन्त्री तिमिल्सिनाले गोरखापत्रले आफूलाई अन्य सञ्चारमाध्यमभन्दा फरक, प्रभावकारी र विश्वसनीय बनाउने भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखे। कार्यक्रममा उनले सन्थाल र हायु भाषाको समाचार पृष्ठको अनावरण समेत गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार