काठमाण्डौँ , असोज २२ :

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ । 

प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिँदै दसैँ बिदामा पनि ओपिडी सेवा सञ्चालन गरिने जानकारी दिनुभयो ।

एमडिजिपी डा धिरज जैसवाल मार्फत विशेषज्ञ सेवा दिन लागिएको उहाँले बताउनुभयो । बडादसैँको बिदाका दिनहरूमा समेत प्रतिष्ठानको विशेषज्ञ चिकित्सकद्वारा सञ्चालन गरिनेछ । यो सेवा असोजको २४ गत बिहीबारदेखि २८ गते सोमबार सम्म सञ्चालन गरिने उहाँको भनाइ छ ।