मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

सांसद ओलीले उठाइन् पोखरा विमानस्थलको अनियमितता प्रकरण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २९ वैशाख, २०८३ मा प्रकाशित
सांसद ओलीले उठाइन् पोखरा विमानस्थलको अनियमितता प्रकरण
काठमाडौं, वैशाख २९ :

संसद्को सार्वजनिक लेखा समितिको बैठकमा पोखरा विमानस्थल निर्माणको क्रममा भएको भनिएको अनियमितताको विषय उठेको छ । समितिको आजको पहिलो बैठकमा राप्रपा सांसद सांसद खुस्बु ओलीले यो विषय उठाउँदै मौन बस्न नसकिने बताएकी छन् । उनले भनिन् , ‘पहिले भएका छानबिन र अनुसन्धान प्रतिवेदन पनि हेरौं। तिनले के–कस्ता समस्या औंल्याएका छन्।’

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा अनियमितताबारे लेखा समितिले नै छानबिन गरेको थियो । राप्रपा दलका नेतासमेत रहेका समिति सदस्य राजेन्द्र लिङ्देनको संयोजकत्वमा उपसमिति नै बनाएर अध्ययन भएको थियो ।

विमानस्थल निर्माणमा अनियमितताका सम्बन्धमा एक पूर्वमन्त्री र चार पूर्व तथा एक बहालवाला सचिवसहित १४ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । चिनियाँ निर्माण कम्पनीलाई मूल सम्झौताविपरीत कर छुट दिएर ३ अर्ब ६२ करोड हानी–नोक्सानी गराएको अभियोग अख्तियारले लगाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार