
काठमाडौँ, असोज २२ :
दशैँ नजिकिएसँगै संघीय राजधानी काठमाडौँका मुख्य सडकहरु र राजधानी बाहिरिने नाकाहरुमा सवारी चाप बढ्दा आवागमन अस्तव्यस्त बनेको छ ।
खासगरी काठमाडौँबाट बाहिरिने मुख्य नाका थानकोटदेखि नयाँ बसपार्कसम्मको सडकमा सवारी साधनहरुको लामो लाइन छ ।
मुल सडक र रिङरोडमा जाम भएपछि त्यसको स्वभाविक असर शहरका भित्री सडकहरुमा पनि परेको छ ।
जसले गर्दा काठमाडौँको कालीमाटी त्रिपुरेश्वर न्युरोड दरवारमार्ग लैनचौर नक्साल बानेश्वर र कोटेश्वर लगायतका मुख्य सडकहरुमा ट्राफिकलाई सवारी व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ ।
सवारी अस्तव्यस्तताका कारण यात्रुहरु घण्टौँ जाममा परेका छन ।
अझैँ केही समय ट्राफिक जाम कायमै रहने जनाइएको छ ।