काठमाण्डौं, असोज २२ :

अक्टोबर ७ आज हमासले इजरायलमाथि आक्रमण गरेको एक वर्ष पुगेको छ ।

गाजामा बन्धक बनाइएका बन्धकका परिवारले इजरायलको तेल अभिभमा आयोजना गरेको स्मारकमा एक क्षण मौनधारण गरिएको छ ।

हमासले करिब एक हजार २ सय व्यक्तिको हत्या गर्नुका साथै २ सय ५१ जनालाई बन्धक बनाएको र उक्त आक्रमणका पीडितलाई संसारभरका मानिसहरूले स्मरण गरिरहेका छन् ।त्यसपछि इजरायलले गाजाविरुद्ध युद्ध सुरु गर्यो अहिले पनि युद्ध जारी छ ।

गाजामा इजरायली अभियानका क्रममा अक्टोबर ७ यता करिब ४२ हजार व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाजाको अधिकांश भाग ध्वस्त भएको छ र इजरायलमाथि नरसंहार गरेको आरोप पनि लगाइएको छ । केही मानिसहरूले यसलाई आधुनिक इतिहासको सबैभन्दा खराब युद्ध भनिरहेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले यस वर्षको द्वन्द्वमा धेरै नागरिकले धेरै दुःख भोगेको बताएका छन् ।