आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व#बाढीपहिरो#तीन सय परिवार विस्थापित#विस्थापित#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी #मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व#बाढीपहिरो#तीन सय परिवार विस्थापित#विस्थापित#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी
समाचार

डीडीसीको महत्त्वपूर्ण कागजात सीआईबीको नियन्त्रणमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ जेठ, २०८३ मा प्रकाशित
डीडीसीको महत्त्वपूर्ण कागजात  सीआईबीको नियन्त्रणमा
काठमाडौं, जेठ १३ :

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी स्वामित्वको दूग्ध विकास संस्थान (डीडीसी) को कार्यालयबाट महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । सीआईबीका एसएसपी तथा प्रवक्ता शिवकुमार श्रेष्ठले डीडीसीबाट अनुसन्धानका लागि आवश्यक केही कागजातहरू नियन्त्रणमा लिएको बताए । 

 संस्थानले किसानको ५८ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ । त्यसमध्ये १२ करोड रुपैयाँ भुक्तानी गरिएको डीडीसीको दाबी छ । डीडीसीले किसानबाट दूध संकलन गरी बजारमा बेच्दै आएको छ ।  

सरकारले डीडीसी सुधारका लागि भन्दै हालै संस्थानलाई ९ बुँदे निर्देशन दिएको थियो । कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्नसमेत सरकारले निर्देशन दिइसकेको छ ।

केही दिनअघि प्रधानमन्त्री बालेन्द्र शाहले डीडीसीबाट उत्पादित याक चिज खाएको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेपछि डीडीसीको व्यापक प्रचार भएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार