सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
अर्थतन्त्र

सबैले ठुलो भनेको बजेटलाई अर्थमन्त्रीले किन सानो भने?

जीडीपीको तुलनामा सानो हो : अर्थमन्त्री वाग्ले
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ जेठ, २०८३ मा प्रकाशित
सबैले ठुलो भनेको बजेटलाई अर्थमन्त्रीले किन सानो भने?
काठमाडौं, जेठ १७ :

अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्वाकांक्षी नभएको बताएका छन् । आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेटको आकार ठुलो नभएको बताए।

“विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था छैन, बजेट महत्वकांक्षी छैन, बान्छित सीमाभित्रै बजेट आएको छ”, उनले भने । उनका अनुसार आगामी आवको बजेट प्रत्क्षेपित जीडीपीको सापेक्षतामा २८ दशमलव पाँच प्रतिशत मात्रै हो ।  
    
अर्थमन्त्री डा वाग्लेले आफू सन् २०१४ देखि नेपालको बजेट निर्माणमा संलग्न भएको उल्लेख गर्दै सन् २०१५ को भूकम्पपछि बजेटको आकार बढ्न थालेको बताए। “भूकम्प अगाडि हाम्रो बजेटको आकार जीडीपीको तुलनामा औसतमा २५ देखि २९ प्रतिशत र वास्तविक खर्च २२ देखि २५ प्रतिशत हुन्थ्यो”, उनले भने, “भूकम्पपछि भने बजेटको आकार बढ्यो, कुनै वर्ष जीडीपीको तुलनामा बजेटको आकार ३७ प्रतिशतसम्म पुगेको थियो ।”    सरकारले आगामी आवका लागि रु २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार