सुनसरी, असोज २४ :

सुनसरीको दुहबी नगरपालिका–३ मा रहेको एक उद्योगमा  आगलागी भएको छ ।

हनुमन्ते पोलिमर कम्पनीमा आगलागी भएको सुनसरीका प्रहरी नायव उपरीक्षक रामचन्द्र तिम्सिनाले जानकारी दिनुभयो ।

फोम बनाउने उद्योगमा भएको आगलागी जारी रहेको प्रहरीले जनाएको छ ।

आठ दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।