काठमाडौं, जेठ २८ :

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले फिफा विश्वकप फुटबलका खेल अनुमतिबिना सार्वजनिक स्थानमा ठुलो पर्दामा नदेखाउन भनेको छ । 

बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले सूचना जारी गरी विश्वकपका खेल अनुमतिबिना ठुलो पर्दामा नदेखाउन सचेत गराएका हुन्।

सामूहिक रुपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले सीडीओ कार्यालयबाट पूर्व स्वीकृति लिनुपर्ने छ ।

रातको समयमा ठुलो पर्दामा खेल देखाउने बहानामा भीड जम्मा गरी समुदायमा असर पर्ने एवं शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न नगराउन सम्बद्ध सबैलाई सूचनामार्फत अनुरोध गरिएको छ ।

अनुमतिबिना खेल देखाएको पाइएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ ।