
काठमाण्डौं, असोज २५ :
फ्लोरिडामा आएको 'मिल्टन' आँधीले बाढी र आँधीबेहरी निम्त्याएको छ ।
३० लाखभन्दा बढी घर तथा व्यवसायहरू विद्युत विहिन भएका छन् । एटलान्टिक तटमा थुप्रै मानिसहरूको मृत्यु भएको रिपोर्ट गरिएको छ।
सेन्ट पिटर्सबर्गको पश्चिमी तटमा पानीको आपूर्ति काटिएको छ । मेजर लीग बेसबल स्टेडियमको छतमा क्षति पुगेको छ ।
मिल्टन एटलान्टिक महासागरमा प्रवेश गर्दैछ त्यसैले अझै पनि आँधीबेहरी र बाढी आउन सक्ने बताईएको छ।
फ्लोरिडा, जर्जिया, साउथ क्यारोलिना, टेनेसी, भर्जिनिया र नर्थ क्यारोलिनामा आएको हेलीन आँधीका कारण कम्तीमा २२५ जनाको मृत्यु भएको दुई हप्तापछि मिल्टन आएको हो ।