काठमाडौं, असार १ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको प्रदेश अधिवेशन आज हुदैछ ।

धनगढीमा आज बिहान १० बजेदेखि अधिवेशन सुरु हुने रास्वपाले जनाएको छ ।

प्रदेश सभापतिमा निवर्तमान पार्टी सभापति इन्जिनियर प्रकाश विष्ट, कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य केपी खनाल, सञ्चार उद्यमी जनकराज पन्त र कञ्चनपुर–१ का प्रतिनिधिसभा सदस्य जनकराज धामीले आकांक्षा व्यक्त गरेका छन् ।

रास्वपा सुदूरपश्चिमका संस्थापक सभापति समेत रहेका विष्टलाई प्रधानमन्त्री बालेन्द्र शाह निकटकाको समर्थन रहेको चर्चा सुनिएको छ भने पन्त र धामीलाई सभापति रवि लामिछानेको समर्थन रहेको बताइन्छ ।

खनालको नाम भने सर्वसम्मतका रूपमा अघि सारिएको हो।

प्रदेश अधिवेशन पार्टीका महामन्त्री भूपदेव शाहले उद्घाटन गर्ने कार्यक्रम तय भएको रास्वपाले जनाएको छ । अधिवेशनमा सहभागी हुन प्रदेशका अन्य जिल्लाबाट प्रतिनिधि धनगढी आइसकेका छन् ।