
धनुषा, असार १ :
मधेस प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशत बढाएको छ ।सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरिएको घोषणा गरे। यसअघि संघीय सरकारले पनि सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गरेको थियो ।