
फाइल तस्बिर ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको घटनाको भर्त्सना गरेका छन्।
सोमबार राति जारी विज्ञप्तिमार्फत अध्यक्ष ओलीले पार्टीको सांगठनिक कार्यक्रमका क्रममा सुर्खेतमा रहेका उपाध्यक्ष पौडेललाई सरकारले गैरकानुनी ढंगले “अपहरणको शैलीमा” पक्राउ गरेको आरोप लगाएका हुन्।
ओलीले उक्त घटनाप्रति पार्टीको तर्फबाट घोर निन्दा र भर्त्सना व्यक्त गर्दै नेकपा (एमाले) सधैं कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको बताएका छन्।
विज्ञप्तिमा उनले वर्तमान सत्तापक्षले विपक्षी दलहरूप्रति अराजनीतिक, अलोकतान्त्रिक तथा प्रतिशोधपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका छन्। पौडेलको पक्राउलाई उनले विपक्षी दलमाथि भइरहेको दमनको अर्को उदाहरणका रूपमा चित्रित गरेका छन्।
अध्यक्ष ओलीले उक्त कदम आफू र नेकपा (एमाले) विरुद्ध निरन्तर रूपमा भइरहेका राजनीतिक प्रहार तथा षड्यन्त्रको निरन्तरता भएको दाबी गर्दै सरकारको कदमप्रति आपत्ति जनाएका छन्।
र यो पनि…
उपाध्यक्ष पौडेललाई पक्राउ गरेकोप्रति बस्नेतको आपत्ति
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ