काठमाडौै, असार १० :

काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ६ हजार बचतकर्ताले निवेदन गरेका छन्।  बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन पीडीतहरुले निवेदन दिएका हुन् । निवेदन दिने बचतकर्ताको मात्र रकम हिसाब गर्ने हो भे पाँच अर्ब २७ करोड रकम सहकारीबाट असुलउपर गर्नपर्नेछ ।

बचत फिर्ताका लागि निवेदकको सङ्ख्या बढ्दै जान थालेको सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए । दैनिक करिब ३० जनाले उजुरी गर्ने गरेको र त्यसमध्ये धेरै निवेदक साना बचतकर्ता रहेको काफ्लेले बताए।

काठमाडौँ महानगरले उजुरीकै आधारमा पछिल्लो समय समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ।  केही दिनअघि  बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमार्फत ३४ जना बचतकर्ताको रकम फिर्ता गरिएको थियो । 
हाल काठमाडौँ महानगरमा एक हजार ९१२ सहकारी रहेका छन्।