सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

संविधान र गणतन्त्रविरुद्धको गतिविधिलाई राज्यविरुद्धको कसुर मान्ने प्रस्तावप्रति धवलशमशेरको आपत्ति

असारभित्रै निर्वाचन आयोगमा नयाँ दर्ता गर्छौं
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ असार, २०८३ मा प्रकाशित
संविधान र गणतन्त्रविरुद्धको गतिविधिलाई राज्यविरुद्धको कसुर मान्ने प्रस्तावप्रति धवलशमशेरको आपत्ति
काठमाडौं, असार १९ :

राप्रपा परित्याग गरी नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका नेता धवलशमशेर राणाले  नेपालको संविधान र गणतन्त्रविरुद्धको कार्यलाई राज्यविरुद्धको कसुरका रुपमा परिभाषित गर्ने प्रस्तावप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राणाले अन्तराष्ट्रिय मापदण्ड र  संविधानको सीमा विपरीत, सरकारले गणतन्त्रका विरुद्ध गतिविधि गरे २५ वर्षसम्म सजाय गर्ने व्यवस्था राखी मुलुकी अपराध संहिता संशोधन गर्ने प्रस्ताव गरेको भन्दै आपत्ति जनाएका हुन् ।

सरकारले मानवअधिकार र नागरिकको स्वतन्त्रताको मौलिक हकविरुद्ध नै कदम चाल्न खाजेकाले समयमा नै सरकारलाई सजक गराउन खोजेको उनले बताए । उनले राष्ट्रवादी र राजावादीहरुले यस्ता कानुन बन्न नदिने भन्दै आफूहरु २५ वर्ष जेल बस्न तयार रहेको स्पष्ट पारे ।

त्यस्तै राणाले नयाँ पार्टीको विधान, नाम, झण्डा सवैको टुङ्गो लागिसकेको भन्दै असारभित्रै निर्वाचन आयोगमा दर्ता गरिने र पार्टीको नाम सार्वजनिक गरिने बताए।। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार