काठमाडौं, असार ३१ :
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसद शाहीले सरकार जनताका मूल मुद्दाहरूभन्दा सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोप लगाएका हुन् ।
उनले अहिलेको जनताको चाहना भौतिक पूर्वाधारको विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय भएको धारणा राखे । उनले सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देशलाई विकास नभइ बर्बादीतर्फ लैजाने बताए ।
सांसद शाहीले प्रतिपक्षले उठाएका विषयहरूलाई आलोचना रुपमा हेरेर प्रतिरोधमा उत्रनुभन्दा सरकारले काम गरेर जवाफ दिनुपर्ने उल्लेख गरे । सरकारको अपरिपक्व कार्यले जनतामा सरकारप्रति अविश्वास बढ्दै गएको उनको भनाइ छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सर्वोच्चको पूर्ण बैठक : न्यायालयमाथि उठाइएका विविध विषयमा छलफल
विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छ : प्रधानसेनापति सिग्देल
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा