काठमाडौं, असार ३२ :

प्रधानमन्त्री वालेन्द्र शाहले अहिले महिला उद्यमीहरुसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा  छलफल गरिरहेका छन् ।

उक्त बैठकमा महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुने प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।

उनका अनुसार छलफलमा महिला उद्यमी महासङ्घका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी छन् ।  

प्रधानमन्त्री शाहले केही दिनदेखि निजी क्षेत्रका व्यवसायीहरुसँग निरन्तर छलफल गर्दै आएका छन् । उनले उद्यमी व्यवसायीलाई पक्राउ गर्ने नीति सरकारको नरहेको भन्दै व्यवसायीसँग सहकार्य गर्न सरकार तत्पर रहेको बताउँदै आएका छन् ।