
नुवाकोट, साउन ५ :
नुवाकोटमा रोपाईं गरिरहेका बेला अचानक पहिरो खस्दा ६ जना घाइते भएका छन्।
विदुर नगरपालिका–१२ भट्टगाउँका स्थानीय किसान नोमराज भट्टको खेतमा रोपाईं भइरहेको बेला माथिबाट आएको पहिरोले खेत बगाउँदा काम गरिरहेका ६ जना घाइते भएका हुन् । घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर छन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । अन्य सामान्य घाइतेको भने स्थानीय चारघेर उपस्वास्थ्य चौकीमा उपचार गरिएको छ।
प्रत्यक्षदर्शीका अनुसार माथिबाट पहिरो खस्न थालेको देखेपछि अधिकांश किसान भाग्न सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो। पहिरोले करिब सात रोपनी खेत बगाएर भीरजस्तै बनाएको छ ।